Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

रोटरी मेडिकोफ्युजनद्धारा बुटवलको देविनगरमा निःशुल्क हेपाटाइटिस परीक्षण,,

रोटरी मेडिकोफ्युजनद्धारा बुटवलको देविनगरमा निःशुल्क हेपाटाइटिस परीक्षण,,


  • 3.9K
    SHARES

  • रोटरी मेडिकोफ्युजनद्धारा बुटवलको देविनगरमा निःशुल्क हेपाटाइटिस परीक्षण,,


    बुटवल,

    विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई—क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ । क्लवले फाउण्डेशनमा रहेका २५ जनाको निःशुल्क हेपाटाइटिस बी र सी परीक्षण गरेको अध्यक्ष डा. सन्तोष पोखरेलले जानकारी दिनुभयो । 
    सो अवसरमा कार्यक्रम संयोजक फिजिसियन डा. मनिष विश्वकर्मा र डा. दिनेश गौतमले हेपाटाइटिसका कारण, लक्षण तथा उपचार पद्धतिको बारेमा जानकारी गराउँदै रोगको समयमैं पहिचान गर्न सके उपचार सहज हुने बताउनुभयो । यस्तै मनोरोग विशेषज्ञ डा. विक्रम काफ्ले दुव्र्यसनबाट बाहिर आउन दृढ अटोठ हुनुपर्ने बताउनुभयो । 
    क्लवले दिवसको अवसरमा हेपाटाइटिस रोगको बारेमा सचेतनामूलक ब्यानरहरु विभिन्न अस्पताल तथा सार्वजनिक स्थानमा समेत टाँगेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँले हेपाटाइटिसलाई उन्मुलन गर्न नीति निर्माण तहमा रहेकाहरुले आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । क्लवले गरेको हेपाटाइटिस परीक्षणमा बुटवलको थाइरो ल्यावले प्राविधिक सहयोग उपलब्ध गराएको ल्यावका अध्यक्ष समेत रहनुभएका डा. दिनेश गौतमले जानकारी दिनुभयो । 
    विश्वमा प्रत्येक ३० सेकेन्डमा एक जनाको हेपाटाइटिसको कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यो रोगबाट बच्न नवजात शिशुलाई हेपाटाइटिसवरुद्धको खोप दिनुपर्छ, जुन डिपिटी खोपमा गाभिएको हुन्छ ।
    हेपाटाइटिसको उपचारमा ढिलाइ नगर्न तथा गर्भवतीले हेपाटाइटिस भए÷नभएको समयमैं परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यसैले दिवसको यो वर्षको नारा हेपाटाइटिस ः नपर्खऔं राखिएको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार