आइतवार, आश्विन १८ २०८३०३:५०:५८
काठमाडौं,
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन खुलामञ्चमा जारी छ ।
उद्घाटन समारोहमा कांग्रेससँगै विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वहरू सहभागी छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी लगायतका नेताहरू उद्घाटन समारोहमा सहभागी भएका छन् ।महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार ९असोज १९ र २० गते० सञ्चालन हुने कांग्रेसले जनाएको छ । त्यसैगरी, नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।