Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द


  • 1.0K
    SHARES

  • आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

    काठमाडौं ,

    नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ ।

    साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

    संघले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको र्दुब्यवहार र राज्यको व्यवहारप्रति विरोध जनाउँदै मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिने जनाएको छ ।

    संघका अनुसार नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि भएको विवादका क्रममा चिकित्सकमाथि हातपात हुँदा डा. प्रमोद रामको टाउकोमा चोट लागेको थियो ।

    नेपाल चिकित्सक संघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।


    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार