बुटवल लायन्स आँखा अस्पताल र बुटवल उपमहानगरपालिका बीच बुटवलमा आँखाका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा गर्ने सम्झौता भएको छ।
बुटवलमा स्थायी बसोबास गर्ने आँखाका बिरामीलाई निःशुल्क आँखाको शल्यक्रिया सेवा उपलब्ध गराउने उद्देश्यले र बुटवल लायन्स आँखा अस्पताल र बुटवल उपमहानगरपालिका बीच सम्झौता भएको हो।
सम्झौता अनुसार बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने तथा आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसकेका आँखाका मोतियाबिन्दु बिरामीलाई अस्पतालले निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउनेछ।
विशेषगरी मोतीबिन्दु लगायतका आँखा सम्बन्धी मोतियाबिन्दु रोग भएका बिरामीले कार्यक्रमबाट लाभ लिन सक्ने बताइएको छ।
कार्यक्रम मार्फत स्थानीय तह र अस्पतालबीच सहकार्य गर्दै उपचारबाट वञ्चित बिरामीलाई सेवा उपलब्ध गराइनेछ ।
यसका लागि आवश्यक प्रक्रिया अनुसार आँखा शिविर तथा सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिएर अस्पतालमा जाँच गराउनुपर्ने व्यवस्था हुन सक्ने जनाइएको छ।
अस्पतालले विगतदेखि नै बुटवल र आसपासका क्षेत्रका हजारौँ बिरामीलाई आँखा सम्बन्धी उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ। यस सम्झौता पछि स्थानीय बासिन्दाले सहज रूपमा उपचार सेवा पाउने विश्वास गरिएको छ ।
उपमहानगरपालिकाका प्रतिनिधि र अस्पतालका पदाधिकारीहरूले यस सहकार्यले आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीलाई ठूलो राहत पुग्ने बताएका छन्।
कार्यक्रमका मुख्य बुँदा,बुटवलका स्थायी बासिन्दालाई लक्षित सेवा, मोतीबिन्दु रोग लागेका आँखाका रोगिका बिरामी हरुलाई निःशुल्क शल्यक्रिया सम्बन्धित वडामा आँखा शिविर गरि सिफारिस वा आँखा जाँचपछि अस्पतालमा उपचार,स्थानीय सरकार र अस्पतालको संयुक्त सहकार्यले आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।