Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बगनासकाली पाल्पा रुपन्देही एकता समाजको आयोजनामा शुक्रबार रक्तदान तथा कार्यालय समुद्घाटन

बगनासकाली पाल्पा रुपन्देही एकता समाजको आयोजनामा शुक्रबार रक्तदान तथा कार्यालय समुद्घाटन


  • 7.2K
    SHARES

  • बगनासकाली पाल्पा रुपन्देही एकता समाजको आयोजनामा  शुक्रबार रक्तदान तथा कार्यालय समुद्घाटन

    बुटवल,


    बगनासकाली पाल्पा रुपन्देही एकता समाजको आयोजनामा रक्तदान तथा कार्यालय समुद्घाटन गरिने समाजले जनाएको छ ।

    शुक्रबार बिहान आठ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर सात पुष्प पथ बुद्ध टोलमा रक्तदान तथा कार्यालय समुद्घाटन गरिने बगनासकाली पाल्पा रुपन्देही एकता समाजका अध्यक्ष कोशलराज भण्डारीले बताउनुभयो।

    अध्यक्ष भण्डारीले रक्तदान तथा कार्यालय समुद्घाटन कार्यक्रममा सम्पूर्णलाई सहभागी हुन र रक्तदान जस्तो सामाजिक सेवामा सरिक भई बढीभन्दा बढी सहभागिताका लागी आग्रह गर्नुभएको छ ।

    कार्यक्रम बिहान आठ बजेदेखि शुरु भई एघार बजे सम्पन्न हुने बगनासकाली पाल्पा रुपन्देही एकता समाजका वरिष्ठ उपाध्यक्ष भरत गैरेले जानकारी दिनु भयो ।

    abk2fff.jpg

    समाजले कार्यक्रममा सम्पूर्ण आजीवन सदस्य,सल्लाहकार,कार्य समिति तथा रक्तदान गर्न इच्छुक सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सरिक भई सामाजिक उत्तरदायित्व पुरा गर्ने कार्यमा सहभागी हुन बगनासकाली पाल्पा रुपन्देही एकता समाजका महासचिव हिमलाल न्यौपाने लगायत समाजले आग्रह गरेको छ ।   

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार