बुधवार, माघ २१ २०८२०३:५१:५६
लेखक,
तुलसी प्रसाद पराजुली उपब्यवस्थापक/नेत्र अधिकृत
लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/ श्री रण अम्बिका शाह आँखा अस्पताल
भैरहवा, मोतीबिन्दु के हो ?
मोतीबिन्दु भनेको आँखाको सामान्यतया पारदर्शी हुने लेन्स धमिलो वा अपारदर्शी हुनु हो जसका कारण बिस्तारै दुखाई बिना नै दृष्टि कम हुँदै जान्छ । मोतिबिन्दु किन हुन्छ ? आँखाको लेन्स बनावटलाई हेर्दा प्रोटिन ३० देखि ३५ प्रतिसत र पानी ६० देखि ७० प्रतिसत तथा बाँकी नगन्य रुपमा लिपिड्स, कार्बोहाईडेट्स, मिनिरल्स र भिटामिन मिलेर बनेको हुन्छ । जब लेन्स भित्र प्रोटिनहरु बिग्रन्छन वा एक आर्कासँग टाँसियर बस्छन तब लेन्सको ट्रान्सप्यारेन्सी हराई धमिलो हुन सक्छ ।
यो हुने मुख्य कारण उमेरसँगै लेन्सको प्रोटिन बिग्रनु, शरिरमा मेटाबोलिक परिवर्तन हुनु, बच्चा कोखमा ह्ँदा आमालाई रुवेला भाईरस, टक्सोप्लाज्मोसिस,सिफलिज जस्ता शरीरिक रोगका कारण बच्चामा मोतिबिन्दु हुने गर्दछ । त्यसको साथसाथै यो जेनेटिक पनि हुन्छ ।

मोतिबिन्दुका प्रकारहरु उमेर अनुसार यसका प्रकारहरुः • जन्मजात मोतीबिन्दु– यो जन्मदै देखिने हुन्छ । • बिकासात्मक मोतिबिन्दुः यो बाल्यकालमा हुन्छ । • बृद्घावस्था जन्य मोतीबिन्दु– यो प्रायः मानिसको उमेर ५० साल माथीका मानिसहरुलाई हुने गर्दछ । • लेन्समा हुने स्थान अनुसारको मोतिबिन्दुको प्रकार • न्यूक्लियर मोतीबिन्दु ः यो लेन्सको भित्रि भाग न्यूक्लियसमा हुने गर्दछ । • कोर्टीकल मोतीबिन्दुः यो लेन्सको बाहीरी भागमा सेतो रेखा जस्तो देखिन्छ । • पोस्टरियर सबक्याप्सुलर मोतीबिन्दु ः यो लेन्सको पछिल्लो भागमा हुन्छ ।
कारण अनुसार यसका प्रकारहरुःः • चोटपटकका कारण हुने मोतीबिन्दु । • आँखाको अन्य रोगहरु जस्तो Uveitis, Glaucoma आदि कारणले हुने । • मधुमेहको कारणले हुने । • लामो समय Steroid औषधी सेवन गर्नाका कारण हुने । • बिकिरण ( UV, X-ray) का कारण हुने । लक्षणहरु गाँउ घरमा बच्चामा हुने मोतीबिन्दु पत्ता लगाउन त्यती सजिलो भने छैन तर पनि बच्चाको ब्यवहार चालढाल, कुनै बस्तु वा ब्याक्ती प्रति उनिहरुले गर्ने प्रतिकृया साथै आँखाको चाल आदि हेरेर आफ्नो बच्चाको देख्न सक्ने क्षमता कस्तो छ अनुमान भने लगाउन सकिन्छ । यदि बच्चाको अलि कम चल्ने, सोजो देखिएको अवस्थामा कतै आँखा त कमजोर छैन भनेर सङ्का भने गर्न सकिन्छ । तथापि बयस्क वा बृद्घ अवस्थामा भने निम्न लक्षण देखिने गर्दछ ।

मोतीबिन्दु भएको बिरामीलाई हुने लक्षणहरु यसप्रकार छन् ः • बिस्तारै दृष्टि कम हुँदै जानु । • धुम्म देखिनु । • बत्ती वरिपरि घेरा देखिनु • राति देख्न गाह्रो हुनु । • चश्मा बारम्बार फेर्नु पर्ने । • रङहरु फिका देखिनु । मोतीबिन्दुको उपचारः मोतीबिन्दुलाई निम्न अनुसार उपचार गर्न सकिन्छ । सुरुको अवस्थामाः नियमित आँखा जाँच गर्ने र आवश्यक परेको अवस्थामा चश्मा प्रयोगबाट पनि समाधान हुन सक्छ । तर यो दिर्घकालिन भने होईन र यो औषधीबाट भने पूर्णरुपमा निको हुँदैन । पछिल्लो अवस्थामाः सुरुको अवस्थामा यसलार्इृ चश्मा प्रयोग गरियता पनि पछिल्लो अवस्थामा दैनिक जीवनमा असर पर्दा भने शल्यक्रिया गर्नु पर्ने हुन्छ ।

शल्यक्रिया गर्दा आँखामा भएको धमिलो लेन्स हटाई कृतिम लेन्स राखिन्छ । शल्यक्रिया बिभिन्न प्रकारबाट गर्न सकिन्छ । यसका प्रकारहरु निम्नानुसार छन् • Phaco Emulsification with foldable lens • SICS with PC lens • Extracapsular Cataract Extraction •