Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवलमा जारी सडक खाना महोत्सव परिसरमा रक्तदान

बुटवलमा जारी सडक खाना महोत्सव परिसरमा रक्तदान


  • 1.8K
    SHARES

  • बुटवलमा जारी  सडक खाना महोत्सव परिसरमा  रक्तदान

    बुटवल,

    बुटवलमा जारी बुटवल सडक खाना महोत्सव अन्तरगत बुधबार रक्तदान कार्यक्रम गरिएको छ ।

    रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजना, नेपाल नियमित रक्तदाता संघ र लायन्स क्लब अफ बुटवल डाईनामिक टुरिजमको सहकार्यमा महोत्सवको सचिवालय परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

    एक कार्यक्रमका बिच संघका अध्यक्ष माधव कुमार खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गरेका थिए ।

    sadak food 17fff.jpeg

    कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले यस क्षेत्रमा नै पुरानो रक्तदाता संस्थाका रुपमा आफुहरु परिचित रहेको बताए ।

    विभिन्न रक्त समुहको रगत अभाव देखिएको हुदा र जहा धेरै मास हुन्छ त्यही रक्तदान गराउदा रक्तदानको् महत्व प्रचारात्मक रुपमा फैलाउन मद्यत मिल्ने हुदा कार्यक्रम गरिएको बताए ।

    कार्यक्रमका संयोजक गोकर्ण बहादुर रायमाझीले ब्यवसायीक हकहितसंगै विगतबाट नै सामाजिक क्षेत्रमा अग्रसर रहेको बताए ।

    महोत्सवमा नै रक्तदान कार्यक्रम राखेर सचेतना जगाउने र अन्य नया रक्तदाताहहरुलाई उत्प्रेरित गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको भन्दै कार्यक्रममा ३० युनिट रगत संकलन भएको बताए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार