आइतवार, पौष १३ २०८२०२:४१:४२
भैरहवा ,
नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयको आयोजनामा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालमा १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
न् २०२० मा सम्पन्न भएको RAAB Survey ले देखाएको तथ्याङ्क अनुसार देशका ७ वटा प्रदेश मध्ये लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै दृष्टि विहिनताको व्यापकता Prevalence of Blindness रहेको देखिएको हुँदा यस प्रदेशबाट Prevalence of Blindness घटाउन आवश्यक भएकोले नेपाल नेत्रज्योति संघको पहलमा प्रदेश सरकार र स्थानिय सरकारको सहभागिता सहितको रणनीतिक योजना बनाउने उद्देश्यले एक दिने कार्यशाला गोष्ठी संचालन गरिएको हो ।

कार्यशाला गोष्ठीमा बिषय बिज्ञ शौरभ शर्मा र सुर्दशन खनालले प्रस्ततीकरण गर्नु भएको थियो ।
उक्त गोष्ठीमा नेपाल नेत्र ज्योति संघ,लुम्बिनी प्रदेश,रुपन्देही शाखा ,बुटवल लायन्स आँखा अस्पताल,तौलिहवा आँखा अस्पताल र रण अम्बिका शाह आँखा अस्पतालका नेत्र बिशेषज्ञ एव कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अस्पताल व्यवस्थापक प्रकाश रायमाझीको स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रमको संचालन अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले गर्नुभएको थियो ।