Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सरकारले दिनुपर्ने १८ करोड नदिए माघ १ गतेदेखि सेवा बन्द गर्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल

सरकारले दिनुपर्ने १८ करोड नदिए माघ १ गतेदेखि सेवा बन्द गर्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल


  • 685
    SHARES

  • सरकारले दिनुपर्ने १८ करोड नदिए माघ १ गतेदेखि सेवा बन्द गर्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल

    बुटवल,

    रुपन्देहीको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था द्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले  सरकारबाट भुक्तानी हुनुपर्ने रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने अस्पतालले जनाएको छ।

    बिहीबार पत्रकार सम्मेलन मार्फत अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल वन्द गर्नु पर्ने अवस्थामा पुगेको बताए।

    सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फत क्याथल्याब बाट मुटुका बिरामीहरूको उपचार गर्दा १ लाख र मिर्गौलाका बिरामीहरूको डायलाइसिस गर्दा एक पटकमा २ हजार ५ सय रुपैयाँ निःशुल्क उपचारका लागि सूचिकृत अस्पतालहरूलाई उपलब्ध गराउँदै आएको छ।

    अस्पतालले पनि उक्त उपचारका लागि सूचिकृत भई मिर्गौलाका बिरामीहरूको निःशुल्क डायलाइसिस र मुटुका बिरामीहरूको निःशुल्क उपचार गर्दै आएको छ।  जसअनुसार यस वर्ष मात्रै क्याथल्याब मार्फत १ हजार ३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीहरूको नियमित डायलाइसिस गरी १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। तर, सरकारले रकम भुक्तानी नगर्दा भने चरम आर्थिक सङ्कट उत्पन्न भई निःशुल्क सेवा नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको अस्पतालले जनाएको छ।

    अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार अस्पतालले मङ्सिर मसान्त सम्म १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ पाउन बाँकी छ। अघिल्लो वर्षको समेत गरी मङ्सिर मसान्त सम्म २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ बाँकी रहेकोमा जम्मा २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी हुँदा अस्पताल चरम आर्थिक सङ्कटमा परेकोले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फतको निःशुल्क उपचार सेवा बन्द गर्नुपर्ने निर्णयमा पुगेको अध्यक्ष आलमले बताए।

    ‘सरकारबाट पाउनुपर्ने रकम लामो समयसम्म पाउन नसक्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब भुक्तानी र बिरामीको उपचारका लागि चाहिने औषधि खरिदका लागि रकम अभाव भएको बताए,’। उनले आलमले बुटवलसंगै अन्य ६ स्थानबाट सेवा दिंदै आएको अस्पताल गैर नाफामुखी रहेको र यस अस्पताल रुपन्देही उद्योग संघको संयोजकत्वमा, रुपन्देहीका उद्योगी व्यवसायी, विभिन्न रोटरी र रोट्रयाक्ट क्लब, समाजसेवी हरुको भौतिक तथा नैतिक सहयोग मा सञ्चालित छ र उक्त सहयोगबाट मात्र अव निरन्तर सञ्चालन गर्न नसकिने र सरकारका स्वास्थ्य सम्वद्ध निकायले गम्भीर रुपमा लिन आव्हान गरे। ५८ करोडको हाराहारीमा वार्षिक कारोवार हुने अस्पतालमा ३सय ३० जना कर्मचारी रहेका छन्।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार