शुक्रवार, मंसिर ५ २०८२०४:५७:३१
बुटवल
बुटवल लायन्स आँखा अस्पतालको २९ औ स्थापना दिवस सम्पन्न भएको छ ।

शुक्रबार बुटवल लायन्स आँखा अस्पतालको सभाहलमा २९ औ स्थापना दिवस सम्पन्न भएको हो ।

बुटवल लायन्स आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बोल्दै स्थानीय सरकार स्वास्थ्यको सहजका लागी हातेमालो गरी अगाडी बढ्ने बताउदै बुद्धागत रुपमा वर्तमान र दीर्घकालिन योजनाका साथ आउन आग्रह गर्दे सहयोगका लागी नगरपालिका साथ रहेको र छिमेकी स्थानीय तहसंग सहकार्य गरी काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका अध्यक्ष श्री लुम्बिनी रणअम्बिका शाह आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणाले अस्पतालहरुले प्रदान गर्ने सेवामा बिस्तार गर्नका लागी महंगो उपकरण खरिद गर्नुपर्ने तथा दक्षजनशक्तिका लागी पनि अस्पतालको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले पनि तीनै तहका सरकारको सहयोग तथा स्थानीय सरकारको दायित्व जरुरी रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बुटवल लायन्स क्लवका अध्यक्ष प्रतिक पोखरेलले बुटवल लायन्स आँखा अस्पतालले गरेको सामाजिक कार्यले स्वास्थ्यको पहुचका लागी महत्वपुर्ण काम गरेको भन्दै हरेकको साथ लिएर समय अनुसार नयां नयां योजनाका साथ सेवाको बिस्तार आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा अस्पतालका निर्मित्त सुपरिटेण्डेट डा, विवेक उपाध्यले अस्पतालले गरेका सेवा र भावी कार्यक्रमका बारेका बताउदै सबैको सुझाव र सहयोग लिएर अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रमको संचालन अस्पतालका सूचना अधिकारी मनोहर न्यौपानेलेले गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार महेश्वर प्रसाद श्रेष्ठ र कर्मचारी रमिला श्रेष्ठलाई सम्मान गरिएको थियो ।
गत वर्षअस्पतालले ७० हजार जनाको उपचार गरेको मा ३२०० जनाको सल्यक्रिया गरेको तथा विभिन्न क्षेत्रमा शिविर संचालन लगायतका कार्यक्रम गरेको अस्पतालका नि,सु, उपाध्यले बताउनुभयो ।
अस्पतालले कम्प्युटर माध्यामबाट मोतिविन्दुको अप्ररेशन जसमा बिरामीले आफुले चाहे अनुसारको लेन्सहरु उपलब्ध भएको बताउनु भयो ।

इन्जेक्शन मोतिविन्दुको अप्ररेशन,नयां प्रविधिबाट जलविन्दुको परिक्षण,मधुमेह भएका बिरामीलाई विभिन्न प्रविधिको प्रयोग गरी रेटिनाको परिक्षण सेवा प्रदान गरिएको जनाएको छ ।

त्यस्तै ,रेटिना र जलबिन्दुका बिरामीको लागी फोटो खिच्ने र फोटो मार्फत के कस्तो छ भनी आँखाको रोगको पत्ता लगाउने ,कम्प्युटर प्रविधिबाट आँखाको पावरको समेत परिक्षण लगायतका सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology