शुक्रवार, कार्तिक २१ २०८२१२:५५:४३
काठमाडौं ,
आज शुक्रबार पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ।
६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि आज खुवाइँदै गरेको हो।
अर्को चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ।
यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन्।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology