Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

भैरहवाको श्री रण अम्बिका शाह आँखा अस्पतालद्धारा ट्राफिक प्रहरीलाई चश्मा वितरण

भैरहवाको श्री रण अम्बिका शाह आँखा अस्पतालद्धारा ट्राफिक प्रहरीलाई चश्मा वितरण


  • 3.3K
    SHARES

  • भैरहवाको   श्री रण अम्बिका शाह आँखा अस्पतालद्धारा  ट्राफिक प्रहरीलाई चश्मा वितरण

    भैरहवा, 

     नेपाल नेत्र ज्योति संघ रुपन्देही र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले ट्राफिक प्रहरीलाई चश्मा वितरण गरेको छ ।

    विश्व दृष्टि दिवस–२०२५ को अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रुपन्देहीलाई ५८५ थान निःशुल्क  कालो चश्मा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो ।

    e2fff.jpg

    बिहीबार एक कार्यक्रमकाबीच नेपाल नेत्र ज्योति संघ, रुपन्देहीका अध्यक्ष कमलराज जोशी, श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्र बन्धु शर्मालाई उक्त चश्मा हस्तान्तरण गर्नुभएको हो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार