Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

२४ घण्टामा आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,६ हजार पाँच सय ४३ जना काेराेना सङ्क्रमणमुक्त,

२४ घण्टामा आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,६ हजार पाँच सय ४३ जना काेराेना सङ्क्रमणमुक्त,


  • 2.0K
    SHARES

  • २४ घण्टामा  आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,६ हजार पाँच सय ४३ जना काेराेना सङ्क्रमणमुक्त,

    काठमाण्डाै – 

    २४ घण्टामा देशभर आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आठ हजार दुई सय २७ जनामा र तीन सय ९२ जनाकाे एन्टिजेनमार्फत परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ८८ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै गएको २४ घण्टामा ६ हजार पाँच सय ४३ जना काेराेना सङ्क्रमणमुक्त भएसँगै निकाे हुनेको सङ्ख्या तीन लाख ६६ हजार नाै सय ४६ पुगेको छ । अहिले नेपालमा एक लाख १५ हजार आठ सय ५२ सक्रिय सङ्क्रमित छन् ।

    यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक सय ९० जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण पाँच हजार आठ सय ४७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार