आइतवार, आषाढ १५ २०८२०७:१०:३८
बुटवल,
बुटवल लायन्स आँखा अस्पतालको आयोजनामा निःशुल्क डायाबेटिक रेटिनोप्याथी शिविर सम्पन्न भएको छ ।
शनिबार एक दिने निःशुल्क डायाबेटिक रेटिनोप्याथी शिविर सम्पन्न भएको हो ।
बुटवल लायन्स आँखा अस्पतालमा गणेश गुप्ताको सयोजकमा एक दिने निःशुल्क डायबेटिक रेटिनोपेथि कार्यक्रम गरिएको थियो ।

जसमा ४५ जना विरामी हरुको चेक जाँच बुटवल लायन्स आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा, विवेक उपाध्यायले गर्नु भएको थियो ।

उहाँको भनाई अनुसार ५ npdr देखिएको र ती ५ जना विरामीहरूलाई थप उपचारको लागि बुटवल लायन्स आँखा अस्पतालमा जानका लागि सुझाव दिएको जानकारी दिनुभयो ।