मंगलवार, आषाढ १० २०८२१०:४७:०७
बुटवल,
तिलोत्तमाको वडा नम्बर चारमा निःशुल्क आँखा परिक्षण शिविर कार्यक्रम सम्पन्न भएको छ ।
आँखा परिक्षण कार्यक्रम बुटवल लायन्स आँखा अस्पताल र जेसिस लेडि बुटवलका अध्यक्ष रुपा श्रेष्ठको प्रमुख अतिथिमा तिलोत्तमाको जेष्ठ नागरिक मञ्चको सभा हल मा जेष्ठ नागरिक हरु लाइ निःशुल्क आँखा परिक्षण गरी कार्यक्रम सम्पन्न भएको हो ।

आँखा परिक्षणमा जेष्ठ नागरिक ७५ जना विरामीहरुको आँखा परिक्षण गरी ७ जनालाई बुटवल लायन्स आँखा अस्पतालमा थप उपचारको लागि रिफर गरिएको बुटवल लायन्स आँखा अस्पतालका वाहक कार्यक्रम संयोजक मनोहर न्यौपानेले बताउनु भयो ।
यस्तै,
बुटवल लायन्स आँखा अस्पातल र सुभ यात्रा नेपाल रुपन्देहीको आयोजनामा मगर घाटमा पनि १७५ जना विरामीहरुको आँखा परिक्षण गरी ६ जना थप उपचारको लागि बुटवल लायन्स आँखा अस्पताल पठाएको कार्यक्रम संयोजक मनोहर न्यौपानेले बताउनु भयो ।

कार्यक्रम डा, नारायण जि,,सी, को संयोजन तथा भगवती देवी भण्डारी को प्रमुख अतिथि र मधुसुधन गैरे केन्द्रीय अध्यक्षको शहभागीमा एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको थियो ।