Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

तिलोत्तमाको वडा नम्बर  तीनमा झोला वितरण कार्यक्रम, प्लास्टिक प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणको सन्देश

तिलोत्तमाको वडा नम्बर  तीनमा झोला वितरण कार्यक्रम, प्लास्टिक प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणको सन्देश


  • 5.3K
    SHARES

  • तिलोत्तमाको वडा नम्बर  तीनमा झोला वितरण कार्यक्रम, प्लास्टिक प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणको सन्देश


    तिलोत्तमा,

    विश्व वातावरण दिवसको अवसर पारेर तिलोत्तमा नगरपालिका वडा नम्बर  तीनको आयोजनामा र डिभिजन वन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा झोला वितरण कार्यक्रम सम्पन्न भएको छ।

    ktoof.jpg

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले वातावरण संरक्षणमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताउँदै यस्तो किसिमको सचेतनामूलक कार्यक्रमले जनस्तरमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो।

    kt3fff.jpg
    नगरप्रमुख खाणले   आज जुन सानो प्रयास गरेका छौँ, त्यसको दीर्घकालीन प्रभाव ठूलो हुन्छ। प्लास्टिकजन्य फोहोरले हाम्रो माटो, पानी, वन्यजन्तु र मानव स्वास्थ्यमा असर पारिरहेको छ। यस्तो अवस्थामा कपडाका झोला प्रयोग गरेर हामी वातावरणमैत्री जीवनशैलीतर्फ उन्मुख हुनुपर्छ।

    kt4fff.jpg

    कार्यक्रम अन्तर्गत प्लास्टिक प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणको सन्देश प्रवाह गर्न स्थानीय बासिन्दाहरुलाई कपडाका झोला वितरण गरिएको वडा अध्यक्ष कल्याण पौडेलले बताउनु भयो।

    kt6fff.jpg
    कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

    kt8ff.jpg

       डिभिजन बन कार्यालय  रुपन्देहीका  प्रमुख प्रवीण विडारीको अध्यक्षतामा शाखा अधिकृत टेक राज भट्टराइको संचालनमा भएको कार्यक्रममा उपस्थित लाई स्वागत शाखा अधिकृत दिपक के सि,ले गर्नु भएको थियो।

    kt7fff.jpg
    वडा नं १,२,३,४, का ७ सय नागरिकहरुलाई कपडा बाट तयार पारिएको झोला वितरण गरिएको थियो।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार