Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्रको उद्घाटन

लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्रको उद्घाटन


  • 2.8K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्रको उद्घाटन

    बुटवल,

    लुम्बिनी प्रादेशिक अस्पतालमा  रक्त सञ्चार केन्द्रको उद्घाटन भएको छ ।

     लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गरेका हुन ।

    बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गरेका हुन ।

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पारेका छन ।

    निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि जानकारी दिए । “रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ” उनले भने ।समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गरे । 

     कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार