मंगलवार, जेठ ४ २०७८०६:१४:२४
काठमाण्डाै –
गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार दुई सय ८६ जनाकाे पीसीआर र ६ सय ९३ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टामा थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ७२ हजार तीन सय ५४ पुगेकाे छ ।
यस्तै कोरोना सङ्क्रमणबाट थप एक सय ९६ जनाकाे ज्यान गएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार चार सय ११ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ६ हजार आठ सय ९१ जना काेराेनामुक्त भएका छन् । याेसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेकाे छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।