Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

आज विश्व अटिजम जागरुकता दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व अटिजम जागरुकता दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै


  • 2.3K
    SHARES

  • आज  विश्व अटिजम जागरुकता दिवस  विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौ ,

    आज अप्रिल २ तारिख, विश्व अटिजम जागरुकता दिवस नेपालमा पनि अटिजमको अवस्था र सुधारबारे विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

    दिवसको अवसरमा विश्वभर अप्रिल महिनामा अटिजमबारेको सचेतना र बालबालिकाको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।

    पछिल्लो समय विश्वमै अटिजम भएका बच्चा जन्मिने दर बढ्दो छ ।

     अटिजम जन्मजात बच्चाको मस्तिष्कमा आउने अवस्था भएकाले उनीहरुको उमेरअनुसार सञ्चार र व्यवहारको विकास हुँदैन । त्यसैले बच्चामा अटिजमको पहिचान हुनासाथ थेरापी आवश्यक पर्ने विज्ञहरु बताउँछन् ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार