सोमवार, चैत्र ११ २०८१०१:२४:१५
बुटवल,
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनमा टोल विकास संस्था संचालन तथा सरसफाई अभियानात्मक कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको सभाहलमा तीनमा टोल विकास संस्था संचालन तथा सरसफाई अभियानात्मक कार्यक्रम सम्पन्न भएको हो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको सरसफाई अभियानात्मक कार्यक्रममा तिलोत्तमा नगरपालिका वातावरण शाखा प्रमुख युवराज पन्थी र सामाजिक परिचालन शाखा अल्पा घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

सरसफाई अभियानात्मक कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा सदस्य नारायण क्षेत्री, वडा सदस्य विष्णु बहादुर थापा, नगरस्तरीय टोलविकास संस्था संजालका अध्यक्ष,उपाध्यक्ष तथा वडा नम्बर तीनका १२ वटा टोल विकास संस्थाका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा सचिव गोकुल गिरीले बताउनु भयो ।

Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology