Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाउन कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणको मन्त्री त्रिपाठीलाई टेलीफोन

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाउन कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणको मन्त्री त्रिपाठीलाई टेलीफोन


  • 3.4K
    SHARES

  • सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाउन  कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणको  मन्त्री  त्रिपाठीलाई  टेलीफोन

    २ जेठ, काठमाडौं ।

    नेपाली कांग्रेसले देशका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई आइतबार टेलीफोन गरी द्रूतगतिमा विदेशबाट खोप आयातको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

    टेलिफोन सम्वादको क्रममा नेता खाँणले कोभिड–१९ विरुद्धको खोपबाट नेपाली नागरिक वञ्चित हुने अवस्था आउन नदिन यथाशीघ्र आवश्यक खोप आयातको व्यवस्था मिलाउन मन्त्री त्रिपाठीसँग आग्रह गरेको कांग्रेसले जनाएको छ ।

    नेता खाँणले जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज दिन नसकिएको भन्दै जेष्ठ नागरिकलाई यथाशक्य चाँडो दोस्रो खोप दिने व्यवस्था पनि मिलाउन आग्रह गरेका थिए ।

    अक्सिजन अभावमा देशभर संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै उनले अक्सिजन सिलिण्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत नेता खाँणले मन्त्री त्रिपाठीसँग अनुरोध गरेको कांग्रेसले जनाएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार