Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सम्मरीमाई गाउँपालिकाले एच,पि,भि,खोप फाल्गुन १ गतेदेखि ६ गतेसम्म लगाउने

सम्मरीमाई गाउँपालिकाले एच,पि,भि,खोप फाल्गुन १ गतेदेखि ६ गतेसम्म लगाउने


  • 1.9K
    SHARES

  • सम्मरीमाई गाउँपालिकाले   एच,पि,भि,खोप  फाल्गुन १ गतेदेखि ६ गतेसम्म लगाउने

    बुटवल,

    रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले पालिकामा रहेका सम्पुर्ण विद्यालय,मदरसा तथा विद्यालयभन्दा बाहिर रहेका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एच,पि,भि,खोप लगाउने  जनाएको छ ।

    आगामी फाल्गुन १ गतेदेखि ६ गतेसम्म खोप लगाउने जनाएको हो ।

    sp2ff.jpg

    पालिका स्तरीय खोपका लागी विभिन्न क्षेत्रका अगुवाहरुसंग छलफल गरेको छ ।

    शुक्रबार गाउँपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी,विद्यालयका प्रधानाध्यापक तथा संचारकर्मीहरु बीच अन्तरक्रिया गरेको थियो ।

    sp4ff.jpg

    अन्तरक्रियामा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले सबै पालिकामा रहेका सरोकारवाला,संघ संस्था,विद्यालयका शिक्षक,कर्मचारीलाई खोप अभियानलाई सफल बनाउन र कुनै पनि छात्राहरु खोपबाट वन्चित नहुन र त्यसका लागी सहयोग गर्न आग्रह गर्नुभयो ।

    sp3ff.jpg

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले अभियानका लागी सबै एकजुट भएर सकारात्मक र खोपका फाइदाका बारेमा जनचेतना जगाउन आग्रह गर्नुभयो ।
    त्यस्तै गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौड,शिक्षक शिवपुजन यादव लगायतले बोल्दै अभियान सबैको साझा विषय भएकाले सबैले आ आफनो क्षेत्रबाट सहयोग गरी सफल बनाउन आग्रह गरेका थिए ।

    sp5ff.jpg

    गाउँपालिकाले खोप अभियानमा करिब २८००जना बालिकाहरुलाई खोप दिइने जनाएको छ भने कक्षा ६ देखि १० सम्मका १० वर्षदेखि १४ वर्षसम्मका बालिकालाई खोप दिइने जनाएको छ ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार