मंगलवार, पौष २३ २०८१०८:२५:४५
बुटवल,
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर एकमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

मंगलबार बुटवल लायन्स आँखा अस्पतालको र जनजागृति युवा क्लबको संयोजन तथा डाक फाउन्डेशनको आर्थिक सहयोगमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको हो ।

निशुल्क आँखा परिक्षण शिबिरमा १८० जनाले आँखा परिक्षण गराएका थिए ।

जसमा ५५ जनालाई अपरेसनको लागि बुटवल लायन्स आँखा अस्पतालमा रिफर गरिएको बुटवल लायन्स आँखा अस्पतालका सूचना अधिकारी मनोहर न्यौपानेले बताउनुभयो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology