Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवल हस्पिटल प्रा,लि,मा ९५ बर्षिय   न्यौपानेको शल्यक्रिया

बुटवल हस्पिटल प्रा,लि,मा ९५ बर्षिय   न्यौपानेको शल्यक्रिया


  • 2.6K
    SHARES

  • बुटवल हस्पिटल प्रा,लि,मा ९५ बर्षिय   न्यौपानेको शल्यक्रिया

    बुटवल

    बुटवल हस्पिटल प्रा,लि,मा ९५ बर्षिय  रुक्मागत न्यौपानेको शल्यक्रिया  भएको छ ।


    स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा,लि.मा शल्यक्रिया  भएको हो ।

    उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानको हिम्मतको अगाडि उमेर गौढ बनेको छ । 


    बुटवल हस्पिटल प्रा,लि,मा मा न्यौपानको दायां भागमा रहेको हर्नियाको केहिदिन अघि शल्यक्रिया भयो । आजभन्दा ५ वर्ष अघि पनि उहांले बुटवल हस्पिटलमै बायां भागको हर्नियाको शल्यक्रिया गर्नु भएको थियो ।

    bh2ff.jpg

    बुटवल हस्पिटल प्रा।लि।का बरिष्ठ सर्जन डा कृष्ण खनाल र डा बृखराज जोशीको टिमले न्यौपानेको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियामा एनेसथेसिया विभागका डा प्रलाद अधिकारी सहितको टिमले साथ दिएको थियो । –उमेर अवस्थाले उहांको शल्यक्रिया गर्ने कि नगर्ने निर्णय लिन निकै धौ धौ परेको थियो तर बिरामीको हिम्मतले हामी सबैलाई गलायो, हामीले बुटवल हस्पिटलमै दुवै हर्नियाको शल्यक्रिया गरेका छौं । उहां पुर्णरुपमा स्वस्थ्य भएर घर फर्किनु भएको छ । शल्यक्रियाका सहभागि डा खनालले भन्नु भयो । 
    अस्पतालबाट विदा भएर घर फर्किदा ९५ बर्षिय बुवा रुक्मागदले आफुलाई निकै आराम मिलेको महसुस गर्दै अस्पताल र स्वास्थ्यकर्मीहरुको टोलीलाई भेटेर आर्शिवाद दिदै घर जानु भएको बुटवल हस्पिटलले जानकारी दिएको छ । 
    कतिपय अस्पतालमा उमेर वढि भयो भनेर शल्यक्रिया नगरेको गुनासो परिवारका सदस्यहरुले गर्नु भएको थियो । शल्यmित्रयापछि शरिरलाई थप आरामी मिलेकोले सजिलै सस्तो मुल्यमा उपचार गर्न पाउदा निकै खुशी लागेको न्यौपानेका छोरा निरञ्जन न्यौपानेले बताए । 
    बुटवल हस्पिटलले जटिल तथा निकै महत्वपुर्ण खालका शल्यक्रियाहरु पनि शुरु गरेको छ ।

    उपकरण र चिकित्सकहरुको संयोजनमार्फत हस्पिटलले सबै खालका शल्यक्रियाहरु गर्न थालेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार