Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बैकहरुसंग बुटवल हस्पिटल प्रा,लि,को उपचार सम्झौता,बुटवललाई मेडिकल हवका रुपमा चिनाउन सकिने अध्यक्ष पौडेल

बैकहरुसंग बुटवल हस्पिटल प्रा,लि,को उपचार सम्झौता,बुटवललाई मेडिकल हवका रुपमा चिनाउन सकिने अध्यक्ष पौडेल


  • 4.4K
    SHARES

  • बैकहरुसंग बुटवल हस्पिटल प्रा,लि,को उपचार सम्झौता,बुटवललाई मेडिकल हवका रुपमा चिनाउन सकिने अध्यक्ष  पौडेल

    बुटवल,
    बुटवल हस्पिटल प्रा,लि,ले कुमारी बैक लिमिटेड र लक्ष्मी विकास बैकसंग उपचार सहकार्यमा हस्ताक्षर गरेको छ ।

    हस्पिटलले आफ्नो बजार प्रवद्र्धन अभियान अन्तरगत बैक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यलाई अघि बढाएको जनाएको हो ।

    एक समारोहका विच बुटवल हस्पिटल प्रा,लि,का अध्यक्ष चुन्न प्रसाद पौडेलले हस्ताक्षर गर्नु भयो ।

    अस्पताल र बैकहरु विचको सहकार्यले दुवै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो अवसरमा अध्यक्ष पौडेलले उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताउनु भयो ।

    उहांले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हवका रुपमा चिनाउन सकिने धारणा राख्नु भयो । उहांले यस्तो सहकार्य यस क्षेत्रका सघ संस्था, उद्योग प्रतिष्ठान,शैक्षिक संस्था लगायत सबैसंग हुने बताउनु भयो ।

    सो अवसरमा कुमारी बैकका प्रदेश प्रमुख चेतकान्त जैशी बञ्जाडे, बुटवल शाखा प्रमुख अम्बिका प्रसाद बस्याल, बुटवल हस्पिटल प्रा लिका उपाध्यक्ष ललित प्रसाद खरेल, हस्पिटलका जनरल म्यानेजर देवेश कर्ण, अप्रेशन प्रमुख सरोज चौधरी, बजार शाखाका आदित्य आचार्य, सुमन तिमिल्सीना, लगायतको सहभागिता थियो ।

    bh2ff.jpg

    त्यसैगरि हस्पिटलले लक्ष्मी शनराईज बैक लिमिटेडसंग पनि बजार प्रवद्र्धन अन्तरगतको सम्झौता गरेको छ । सो अवसरमा बैकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कंडेल, बुटवल अमरपथ शाखा प्रमुख विजय गौतम लगायतले बैकको तर्फबाट हस्ताक्षर तथा धारणा राख्नु भएको थियो ।

    सम्झौता संगै दुबै बैकका स्टाफहरु तथा सेवाग्राहीहरुलाई बुटवल हस्पिटलले उपचार सुविधा प्रदान गर्ने भएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार