Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवल लायन्स आँखा  अस्पतालले २८ औ स्थापना दिवस मनायो

बुटवल लायन्स आँखा  अस्पतालले २८ औ स्थापना दिवस मनायो


  • 6.0K
    SHARES

  • बुटवल लायन्स आँखा  अस्पतालले  २८ औ  स्थापना दिवस मनायो

    बुटवल,
      बुटवल लायन्स आँखा  अस्पतालले स्थापना दिवस मनाएको छ ।

    बिहिबार अस्पतालको सभाहलमा २८ औ स्थापना दिवस मनाएको हो ।

     बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अस्पतालले स्वास्थ्यको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दे नगरपालिका सेवाको बिस्तारका लागी सहकार्य गरी अगाडी बढने बताउदै दीर्घकालिन बिकासका लागी हातेमालो गर्ने बताउनुभयो ।

    ba5ff.jpg

    कार्यक्रममा उपप्रमुख साबित्रा अर्यालले स्वास्थ्यको सहज पहुचका लागी बिभिन्न निकायसंग सहकार्य गरी सोही अनुसार बजेट बिनियोजन गरिएको बताउनु भयो ।

    ba000.jpg

    कार्यक्रममा नेपाल नेत्र ज्याेति संघका उपाध्यक्ष  तथा श्री रण अम्बिका शाह आँखा अस्पताल  ब्यवस्थापन समितिका अध्यक्ष  सागरप्रताप राणाले अहिले उपकरण र चिकित्सकको अभाव भएको र  स्वास्थ्य उपकरणहरु महंगो भएकाले पनि स्थानीय सरकारसंग हातेमालो गरी दिगो बिकास आवश्यक रहेको बताउनुभयो ।

    ba222.jpg

    त्यस्तै कार्यक्रममा मेडिकल सुपरिटेन्डेट डा, शिलु थापा,पुर्व मेसु उपेन्द्रदेव भारी,समाजसेवी लायन्स ईGटर नेशनल डिस्ट्रिक ३२५  का गर्भनर PMJF लायन अर्जुनमान सैजु,परुुषोत्तमभक्त प्रधानाङ,कमलराज जोशी,मृगेन्द्रकुमार श्रेष्ठ लगायतले बोल्दै कोठाबाट क्लिनिक हुदै अस्पतालको रुपमा सेवा दिदै आएको बताए ।

    ba88ff11.jpg

    कार्यक्रमको संचालन  बुटवल लायन्स आँखा अस्पतालका ब्यवस्थापक मनोजकुमार श्रेष्ठले गर्नुभएको थियो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार