बुधवार, आश्विन २३ २०८१०९:३२:०४
बुटवल,
विश्व दृष्टि दिवसको अवसरमा विद्यार्थीको निःशुल्क आँखा उपचार गरिएको छ ।
आज बुधबार बुटवल लायन्स आँखा अस्पताल र बुटवल लायन्स क्लव अफ बुटवलको सयुक्त आयोजनामा निःशुल्क आँखा उपचार गरिएको हो ।
निःशुल्क आँखा उपचार गर्नु अघि रेली कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा लायन्स आँखा अस्पताल व्यबस्थापन समितिका अध्यक्ष र लायन्स क्लब अफ बुटवलका अध्यक्ष ,लायनेश क्लव अफ बुटवलका अध्यक्ष ,लियो क्लव अफ बुटवलका अध्यक्षहरुले आ आफ्नो धारणा राखेपछि कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बुटवल लायन्स आँखा अस्पतालका व्यबस्थापनका अध्यक्ष रामेश्वर श्रेष्ठले १५ वर्ष भन्दा तलक विद्यार्थीहरु लागि नि शुल्क आखाँ जाँच गर्ने घोषणा गर्नु भएको थियो ।
सोही अनुसार निःशुल्क उपचार गरिएको थियो ।
अस्पतालमा ३२ जना विद्यार्थीले निःशुल्क उपचार गरी सेवा लिएको बुटवल लायन्स आँखा अस्पतालका सूचना अधिकारी मनोहर न्यौपानेले बताउनुभयो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology