बिहिवार, आश्विन ३ २०८१०७:१५:१८
बुटवल,
संविधान दिवसको अवसर पारेर एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
आज बिहीबार शुद्धोधन गाउँपालिकाको भुजौली दुईमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

बुटवल लायन्स आँखा अस्पताल र सिद्धिगणेश भद्रकाली सहकारी संस्था लिमिटेडको सहकार्यमा संविधान दिवसको अवसर पारेर एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिबिरमा ३५२ जनाले निशुल्क आँखा परिक्षण गराएका थिए ।
भने ५२ जनालाई थप उपचार गर्नको लागि बुटवल लायन्स आँखा अस्पताल रिफर गरिएको क्याम्प इन्चार्ज दिल कुमारीले जानकारी दिनुभयो ।