Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

२४ घण्टामा ८ हजार ८४२ संक्रमित, ५ हजार ५५ जना कोरोनामुक्त , निको हुनेको संख्या ३ लाख २१ हजार ५१८

२४ घण्टामा ८ हजार ८४२ संक्रमित, ५ हजार ५५ जना कोरोनामुक्त , निको हुनेको संख्या ३ लाख २१ हजार ५१८


  • 1.4K
    SHARES

  • २४ घण्टामा ८ हजार ८४२ संक्रमित, ५ हजार ५५ जना कोरोनामुक्त , निको हुनेको संख्या ३ लाख २१ हजार ५१८

    काठमाडौँ —

     २४ घण्टामा देशभर ८ हजार ८४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार १९ हजार ४७४ पीसीआर परीक्षणबाट ८ हजार ८४२ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट गरिएको ७७१ नमुना परीक्षणमा ११८ जनामा पोजिटिभ देखिएको छ ।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ । 

    यस्तै २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

    नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । क्वारेन्टाइनमा ४९७ जना छन् ।

    हालसम्म २७ लाख १२ हजार ५६२ पीसीआर परीक्षण भएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार