Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सरसफाई सामग्री वितरण

पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सरसफाई सामग्री वितरण


  • 2.9K
    SHARES

  • पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा  सरसफाई सामग्री वितरण

    बुटवल,

    रुपन्देहीको सियारी गाउँपालिका  वडा नम्बर सातमा रहेको पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ खानेपानी धारा जडान गर्ने उपभोक्ता सदस्यहरूलाई विशेष उपहार स्वरूप सरसफाई सामग्री वितरण गरिएको छ । 

    pa2.jpg


    आज शनिबार २०८१(०१(०१ देखि वैशाख मसान्त भित्र नयाँ वर्षको अवसरमा नयाँ खानेपानी धारा जडान गर्ने उपभोक्ता सदस्यहरूलाई विशेष उपहार दिने भन्ने निर्णय भएकोले सोही अनुसार वैशाख मसान्तसम्म नयाँ धारा जडान उपभोक्ता सदस्य सङ्ख्या जम्मा ३५ जना सदस्यहरूलाई विशेष उपहार स्वरूप सरसफाई सामग्री वितरण गरिएका होे । 

    pa33.jpg
    कार्यक्रममा  पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको प्रमुख अतिथिमा  भएको थियो ।

    pa4.jpg

    कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष शेरबहादुर गुरुङ र सातका  वडाध्यक्ष  दीपक बहादुर शाहीको विशिष्ट अतिथिमा संस्थाको संस्थापक अध्यक्ष सुन्दर प्रसाद गुप्ता , राम जानकी प्रा ,वि ,का अध्यक्ष छन्तलाल ज्ञवाली र त्रिवेणी आधारभूत विद्यालयको प्र अ, मथुरा यादव, संस्थाका कार्यसमिति, लेखा समिति, विभिन्न उपसमिति , कर्मचारी र धारा जडान उपभोक्ता सदस्यहरुमा विशेष उपहार स्वरूप घरभित्रको सरसफाई सामग्री वितरण  कार्यक्रम सम्पन्न भएको  संस्थाका कार्यालय प्रमुख अमृत ज्ञवालीले बताउनुभयो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार