Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

२४ घण्टामा थप एक सय ६८ जनाकाे ज्यान गयाे,नाै हजार तीन सय पाँच जनामा काेराेना पुष्टि

२४ घण्टामा थप एक सय ६८ जनाकाे ज्यान गयाे,नाै हजार तीन सय पाँच जनामा काेराेना पुष्टि


  • 2.0K
    SHARES

  • २४ घण्टामा थप एक सय ६८ जनाकाे ज्यान गयाे,नाै हजार तीन सय पाँच जनामा काेराेना पुष्टि

    काठमाण्डाै –

    गएकाे २४ घण्टामा नेपालमा नाै हजार तीन सय पाँच जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार तीन सय ६२ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ३८ र चार सय २४ जनाकाे एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

    यस्तै काेराेना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाकाे ज्यान गएकाे विवरण प्राप्त भएकाे छ । 

    गएको २४ घण्टामा चार हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार