सोमवार, जेठ २१ २०८१०५:५३:४४
तिलोत्तमा,
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा एक दिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
सेवा नेपाल समाज रुपन्देहीको आयोजनामा नेपाल नेत्र ज्योति संघ,लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर , बुटवल लायन्स आँखा अस्पतालको प्राबिधिक सहयोगमा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ स्थित करहिया मक्रहर खानेपानी तथा सरसफाई उपभोक्ता समुहको सभाहलमा एक दिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो ।

सेवा नेपाल समाजका अध्यक्ष डिल्लीराज पैनीको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता,मा सेवा नेपालका उपाध्यक्ष रामाकान्त भुषालको स्वागत तथा सचिव प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा करहिया स्वास्थ्य चौकीको प्रमुख कृष्ण कुमारी पाण्डेय,करहिया मक्रहर खानेपानी उपभोक्ता समुहकी उपाध्यक्ष शान्ता बस्याल भट्टराई,कृष्ण तिवारीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम बुटवल लायन्स आँखा अस्पतालका बरिठ दृष्टि विशेषज्ञ मनोहर न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा ५० जना प्रशिक्षार्थीको उपस्थित रहेको सेवा नेपाल समाजका सचिव प्रतीक पाण्डेयले बताउनुभयो ।