बिहिवार, जेठ १० २०८११२:१९:१७
बुटवल,
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर अठारमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
बिहिबार बुटवल लायन्स आँखा अस्पताल र बुटवल उपमहानगरपालिकाको समन्यनमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको हो ।
निशुल्क आँखा परिक्षण शिबिरमा १४७ एक जनाले निशुल्क आँखा परिक्षण गराएका थिए ।
जसमा ३१ जनालाई मोतिबिन्दूको शल्यक्रियाको लागि बुटवल लायन्स आँखा अस्पतालमा रिफर गरिएको बुटवल लायन्स आँखा अस्पतालका सूचना अधिकारी मनोहर न्यौपानेले बताउनुभयो ।