मंगलवार, जेठ १ २०८११२:४३:२२
बुटवल,
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर एघारको शहरी स्वास्थ्यकेन्द्रमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
सोमबार बुटवल लायन्स आँखा अस्पताल र बुटवल उपमहानगरपालिकाको समन्यनमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको हो ।
निशुल्क आँखा परिक्षण शिबिरमा ३२० एक जनाले निशुल्क आँखा परिक्षण गराएका थिए ।
जसमा २५ जनालाई मोतिबिन्दूको शल्यक्रियाको लागि बुटवल लायन्स आँखा अस्पतालमा रिफर गरिएको बुटवल लायन्स आँखा अस्पतालका सूचना अधिकारी मनोहर न्यौपानेले बताउनुभयो ।