Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

नेपालगंज मेडिकल कलेजको अध्यक्षमा  व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्याल चयन

नेपालगंज मेडिकल कलेजको अध्यक्षमा  व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्याल चयन


  • 13.2K
    SHARES

  • नेपालगंज मेडिकल कलेजको अध्यक्षमा  व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्याल  चयन

    बुटवल,


    लर्डबुद्ध एजुकेशनल एकेडमी लिमिटेड अन्तर्गत नेपालगंज मेडिकल कलेजको अध्यक्षमा  व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्याल चयन भएको छ । 
    आज वसेको संचालक समितिको वैठकले सर्वसम्मति रुपमा अर्यालको नेतृत्वमा नौ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । 

    लामो समय देखि मेडिकल शिक्षामा समर्पित अध्यक्ष अर्यालले नेपालगंज मेडिकल कलेजलाई समयानुकुल भोलिका दिनमा स्वास्थ्य सेवामा अत्याधुनिक प्रविधिका साथ सर्वसुलभ तथा गुणस्तरिय सेवा र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा कलेज प्रतिवद्ध रहने बताउनुभयो ।

    nk2.jpeg

    नयाँ संचालक समितिमा लोकहर्ष शाक्य, अजय गुप्ता, सन्दिप अग्रवाल, सन्तोष कुमार खनाल, डा,सुरेश कुमार कनोडिया, सन्तोष कनोडिया, दिनेश श्रेष्ठ र अनिज श्रेष्ठ रहेका छन् 
     कलेजको प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्तोष कुमार वि,एनलाई अनुमोदन गरेको छ ।
     काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित  कलेज वि,सं, २०५३ सालमा स्थापना भएको हो ।
     कलेज अन्तर्गत नेपालगंजमा ७५० शैयाको अस्पताल र कोहलपुरमा २५० शैयाको अस्पताल रहेको छ भने शैक्षिक कार्यक्रम चिसापानीमा सञ्चालनमा रहेको छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार