बुधवार, बैशाख १९ २०८१०१:३४:४१
बुटवल,
रुपन्देही खानेपानी संस्था कर्मचारी समिति र सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको समन्वयमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुधबार रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ताको सभाहलमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सुगर परिक्षण सम्पन्न भएको हो ।

रुपन्देही खानेपानी संस्था कर्मचारी समितिका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ताका संस्थाका अध्यक्ष एक बहादुर क्षेत्री,खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव शालिकराम भण्डारी, सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ताका संस्थाका पुर्व अध्यक्ष पदम सुवेदी,मुर्गिया खानेपानीका संस्थाका अध्यक्ष प्रेम बहादुर बानिया,पर्रोहा बचत तथा ऋण सहकारीका अध्यक्ष राज बहादुर क्षेत्री,समाजसेवी फटिक बहादुर के,सी,लगायतले बोल्दै मजदुर दिवसको शुभकामना दिदै एक आपसमा हातेमालो गरी अगाडी बढ्ने बताए ।

कार्यक्रममा स्वागत सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ताका संस्थाका उपाध्यक्ष बाबुराम ज्ञवाली तथा संचालन रुपन्देही खानेपानी संस्था कर्मचारी समितिका सचिव सुर्य चापागाईले गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बुटवल शाखाको प्राविधिक सहयोग तथ सुगर परिक्षण एप्पल प्याथल्यावको प्राविधिक सहयोगमा भएको थियो ।

कार्यक्रममा ५५ युनिट रगत संकलन भएको तथा १३५ जनाको सुगर परिक्षण गरिएको रुपन्देही खानेपानी संस्था कर्मचारी समितिका सचिव सुर्य चापागाईले बताउनु भयो