Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

पछिल्लाे २४ घण्टामा देशभर आठ हजार ७७७ थपिए, , ८८ जनाको मृत्यु

पछिल्लाे २४ घण्टामा देशभर आठ हजार ७७७ थपिए, , ८८ जनाको मृत्यु


  • 1.5K
    SHARES

  • पछिल्लाे २४ घण्टामा देशभर    आठ हजार ७७७ थपिए, , ८८ जनाको मृत्यु

    काठमाण्डाै

    नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।


    मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार २२ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । उहाँले हाल ८८ हजार १६० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो ।


    मन्त्रालयका अनुसार हाल ४१९ जना क्वारेन्टिनमा छन् । पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ५२ जना मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा ३६ जना थप गरी ८८ जनाको मृत्यु भएको बताउनुभएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार