Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि,हालसम्मकै उच्च,५४ जनाले ज्यान गुमाए,

पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि,हालसम्मकै उच्च,५४ जनाले ज्यान गुमाए,


  • 1.8K
    SHARES

  • पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि,हालसम्मकै उच्च,५४ जनाले  ज्यान गुमाए,

    पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । 


     मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः  ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । 


    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ  ।  दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ  ।


    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार