बुधवार, बैशाख २२ २०७८०६:३२:४७
काठमाण्डाै –
नेपालमा २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
२० हजार सात सय ५६ जनाकाे पीसीआर परीक्षण गर्दा आठ हजार ६ सय पाँच जना र ६ सय १६ जनाकाे एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी आठ हजार ६ सय ५९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । याे सङ्ख्यासँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या तीन लाख ५९ हजार ६ सय १० पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
पछिल्लाे २४ घण्टामा काठमाण्डौमा मात्रै तीन हजार आठ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै नेपालमा थप ५८ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार चार सय ७५ पुगेकाे छ ।
एकैदिन सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेकाे याे सङ्ख्या नेपालमा अहिलेसम्मकै धेरै हाे ।
याेसँगै अहिलेसम्म काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ८९ हजार सात सय ८३ पुगेकाे छ । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आईसीयूआ रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology