Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

२४ घण्टामा सात हजार चार सय ४८ जनामा काेराेना पुष्टि,थप ३७ सङ्क्रमितको ज्यान गयो,

२४ घण्टामा सात हजार चार सय ४८ जनामा काेराेना पुष्टि,थप ३७ सङ्क्रमितको ज्यान गयो,


  • 3.0K
    SHARES

  • २४ घण्टामा सात हजार चार सय ४८ जनामा काेराेना पुष्टि,थप ३७ सङ्क्रमितको ज्यान गयो,

    काठमाण्डाै –

    नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै सात हजार चार सय ४८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ ।

    यस्तै दुई हजार २१ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ ।

    आज देशभर ५४ हजार ४१ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार