सोमवार, बैशाख २० २०७८०३:०३:१९
रूपन्देही
बुटवल-रुपन्देहीमा उपचाररत ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो।
सूचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देही बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज ७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए । मृतकमध्ये दुई जना आईसीयूमा उपचाररत थिए भने अन्यको एचडीयू र फिभर क्लिनिकमा उपचार भइरहेको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology