Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

पछिल्लो २४ घण्टामा ३३ जनाकाे ज्यान गयाे, पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा ३३ जनाकाे ज्यान गयाे, पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि,


  • 2.3K
    SHARES

  • पछिल्लो २४ घण्टामा  ३३ जनाकाे ज्यान गयाे, पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि,

    काठमाण्डाै – 

    नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ६१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । 

    आज थपिएकासहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।  

    * तथ्याङ्क फरक परेकाले सच्याइएकाे छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार