Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

बुटवल लायन्स आँखा अस्पतालमा निशुल्क मधुमेह  परिक्षण तथा विशेषज्ञ परामर्श सेवा

बुटवल लायन्स आँखा अस्पतालमा निशुल्क मधुमेह  परिक्षण तथा विशेषज्ञ परामर्श सेवा


  • 4.1K
    SHARES

  • बुटवल लायन्स आँखा अस्पतालमा निशुल्क मधुमेह  परिक्षण तथा  विशेषज्ञ परामर्श सेवा

    बुटवल ,

    बुटवल लायन्स आँखा अस्पतालमा निशुल्क डाइबिटिज मधुमेह  परिक्षण तथा निशुल्क विशेषज्ञ परामर्श सेवा शुरु भएको छ ।

    साउन महिनादेखि अस्पतालमा  निशुल्क डाइबिटिज मधुमेह  परिक्षण तथा निशुल्क विशेषज्ञ परामर्श सेवा शुरु भएको हो ।

    महिनाको प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म  निशुल्क डाइबिटिर्ज मधुमेह  परिक्षण तथा  प्रत्येक महिनाको दोसो्र शनिबार दिउसो २ बजेदेखि ५ बजेसम्म  निशुल्क विशेषज्ञ परामर्श सेवा प्रदान भैरहेको अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले बताउनुभयो ।

    अस्पतालले विरामीको  सेवामा सुविधाका लागी बिस्क्यान सेवा तथा याग लेजर सेवा समेत प्रदान गर्दे आएको बताउनुभयो ।

    त्यस्तै विद्यालय विद्यार्थी आँखा जांच तथा निशुल्क चश्मा वितरण कार्यक्रम गरिने बताउनुभयो ।

    बुटवल लायन्स आँखा अस्पतालले रुपन्देहीको कन्चन पांच सालझण्डी दश र देवदह चारमा आँखा उपचार सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गरिएको अस्पतालका व्यवस्थापक मनोज कुमार श्रेष्ठले बताउनुभयो ।

    आगामी दिनमा विभिन्न स्थानमा निशुल्कआँखा शिविर परिक्षण परामर्श मोतियाविन्दुको निशुल्क उपचारका सेवा प्रदान गरिएको  व्यवस्थापक मनोज कुमार श्रेष्ठले बताउनुभयो ।

     
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार