Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

रूपन्देहीको तिलोत्तमा वडा नम्वर ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन

रूपन्देहीको तिलोत्तमा वडा नम्वर ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन


  • 1.9K
    SHARES

  • रूपन्देहीको तिलोत्तमा  वडा नम्वर ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन

    बुटवल,


    रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ ।
    नगरपालिकाको वडा नम्वर ३ सीमानगरमा निर्माण भएको भवनको एक कार्यक्रमका बीच नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


      कार्यक्रममा नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिका भित्र संचालनमा आएका स्वास्थ्य संस्थाहरुले दिने सोवा गुणस्तरीय रहेको बताउँदै विश्वासका साथ सेवा लिन नगरबासीलाई आग्रह गरे ।

    कार्यक्रममा नगरपालिका उपप्रमुख  जागेश्वरी चौधरीले गरी खाने समुदायका लागि आभारभूत स्वास्थ्य संस्थाको सेवा महत्वपूर्ण हुने बताउदै समयको माग अनुरुप सेवा गुणस्तरीय बन्दै गएकोले सेवा लिन आग्रह गरीन ।


    वडा नम्वर ३ का वडा अध्यक्ष टंक तिवारीको अध्यक्षता, स्वास्थ्य संस्था प्रमुख थानेश्वर बस्यालको संचालनमा भएको कार्यक्रममा नेकपा एमालेका नगर सचिव मिनप्रसाद पोखरेल, नेपाली कांग्रेस वडा नम्वर ३ का वडा सभापति केशरी पाण्डे, स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल, वडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकाल, बुटवल वडा नम्वर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, लगाएतले बोल्दै स्वास्थ्य क्षेत्र अतिआवश्यकीय तथा संवेदनशील भएकाले सवैको पहुजमा हुने गरी विकास गर्नुपर्ने बताएका थिए ।


    स्वास्थ्य संस्था २०७७ साल भदौ १७ गते सिलन्यास भएको भवन २०७८ साल बैशाख ३० गते निर्माण सम्पन्न भएको थियो । भवन रु ५३ लाख २४ हजार १५७ रुपौया लागतमा निर्माण भएको संस्था प्रमुख बस्यालले जानकारी दिए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार