Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

इमर्जिङ नेपाल लिमिटेडको आजबाट आईपीओ बिक्री खुला ,छिटोमा फागुन १ र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने

इमर्जिङ नेपाल लिमिटेडको आजबाट आईपीओ बिक्री खुला ,छिटोमा फागुन १ र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने


  • 2.7K
    SHARES

  • इमर्जिङ नेपाल लिमिटेडको आजबाट आईपीओ बिक्री खुला ,छिटोमा फागुन १  र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं ,

     इमर्जिङ नेपाल लिमिटेडले आजबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ । 

    ५ लाख ५५ हजार कित्ता सेयरमध्ये सर्वसाधारणले ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । ११ हजार ११२ कित्ता कर्मचारीलाई र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

    आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोसेयर वेबसाइट तथा एपमार्फत  दिन सकिनेछ । 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार