Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज देखि सडक दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज देखि सडक दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने


  • 205
    SHARES

  • नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज देखि सडक दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने

    काठमाडौं ,

    नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो ।

    नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसार दस्तुर तिर्नुपर्नेछ ।

    निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।सुरुवाती चरणमा नगद तथा क्यूआर प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

    सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ । यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार