बिहिवार, माघ ६ २०७८०१:३७:५६
बुटवल,
तिनाउ इन्टरनेशनल हस्पिटल प्रा,लि, बुटवलका कन्सलटेन्ट फिजिसियन डा, सुन्दर पाण्डेयसंग ओमिक्रोन र अहिले देखा परेको रुघाखोकी लगायतका बारेमा गरिएको कुराकानी
अहिले ओमिक्रोनका विरामीको अवस्था कस्तो छ ?
ओमिक्रोनका विरामीको अवस्था विगतका तुलनामा बढी देखिएको तर ओमिक्रोन र रुघाखोकीका विरामीको मिल्दोजुल्दो धेरैकुरा रहेको बताए । डा, पाण्डेयले स्वास्थ्य परिक्षण गर्न र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन । विशेष गरी ज्वरो आउनु,रुघा लाग्नु खाकी लाग्नु,थकान हुनु,लगायतका लक्षण देखा पर्ने हुदा ओमिक्रोन र रुघाखोकीका विरामीको मिल्दोजुल्दो धेरैकुरा रहेको बताए ।
डा,पाण्डेयले धेरै जसो विरामीले ज्वरो आएको थकान भएको त्यसपछि खोकी लागेको विरामील बताउने गरेको बताए ।
डा,पाण्डेयले ओमिक्रोनले फोक्सोमा भन्दा घांटीमा बढी असर गरेको बताए । पौष्टिक आहार खाने,ब्यायाम गर्ने,सामाजिक दुरी कायम गर्ने,माक्स लगाउने,हातमुख धुने ,भीडभाडमा नजाने स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेका छन ।
डा,पाण्डेयले सबैलाई खोप लगाउन आग्रह गरेका छन । त्यसका लागी सरकारले पनि जोड दिएकाले आफूपनि सचेत हुन र चासो दिएर स्वास्थ्य प्रति ध्यान दिन आग्रह गरेका छन ।
कस्तो अवस्थामा खोप लगाउने ?
कोभिडको सामान्य रुप ओमिक्रोनलाई लिदै गएकाले खोप नै पहिलो रोकथामको माध्याम भएको बताए । रुघाखाकी लागेको अवस्थामा सकेसम्म परिक्षण गर्ने सम्भव नभएमा ५ देखि १० दिन सम्म सचेत रही स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन ।
ओमिक्रोन लागेता पनि धेरै डराउनु नपर्ने तर आपनो स्वास्थ्यको सचेत रहि चिकित्सकको सुझाव अनुसार
सरकारले विशेष गरी ठांउ ठांउमा निशुल्क परिक्षणको ब्यवस्था मिलाउन आग्रह गरेका छन भने आपनो स्वास्थ्यप्रति पनि सचेत रहन सुझाव दिएका छन ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology