सोमवार, माघ ३ २०७८०१:०१:१९
काठमाडौं ,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।
कोरोना समक्रमणसहित ज्वरो पनि आएकाले अहिले घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ।
आइतबार मात्रै मन्त्री आलेले पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशाला र नारायणहिटी संग्रहालयको निरीक्षण गर्न पुगेका थिए।
पछिल्लो केही दिनयता राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्रीहरूसमेत संक्रमित हुने र निको हुने क्रम चलिरहेको छ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology