Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

नेपालमा २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित,४ जनाको मृत्यु

नेपालमा २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित,४ जनाको मृत्यु


  • 1.1K
    SHARES

  • नेपालमा २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित,४ जनाको मृत्यु

    काठमाडौं ,

    नेपालमा २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। 

    १० हजार ४ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण घटे पनि संक्रमणदर भने आज उच्च देखिएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो संक्रमण दर झण्डै ३२ प्रतिशत हो। 

    शुक्रबार २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा ५ हजार ८७ संक्रमित थपिएका थिए। यो परीक्षणको तुलनामा झण्डै २५ प्रतिशत हो।

    यो अवधिमा ४ जनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको मन्त्रालयको विवरण छ। 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार