शुक्रवार, पौष २३ २०७८०५:२२:०२
काठमाडौं ,
पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । चौध हजार ९७१ वटा नमुनाको परीक्षण गर्दा ९६८ वटाको नतिजा पोजिटिभ आएको हो ।
आज २०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ५ हजार २८६ जना होम आइसोलेसनमा र ४५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अस्पतालमा उपचाररतमध्ये ८१ जना आईसीयू तथा १५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology